नियम ३६
बाँकी मतपत्र र कागजात सिलबन्दी गर्ने
मतदानको कार्य सम्पन्न भएपछि मतदान अधिकृतले देहायका मतपत्र र अन्य कागजात छुट्टाछुट्टै खाममा सिलबन्दी गरी खामको बाहिर सोको विवरण उल्लेख गर्नु पर्नेछ र सो खाममा आफुले सहीछाप गरी मतदान केन्द्रमा उपस्थित उम्मेदवार, निर्वाचन प्रतिनिधि वा मतदान प्रतिनिधिको समेत सहीछाप गराई मुचुल्का तयार गर्नु पर्नेछ । सो खाममा उम्मेदवार, निर्वाचन प्रतिनिधि वा मतदान प्रतिनिधिले सहीछाप गर्न नचाहेमा मतदान केन्द्रमा उपस्थित अन्य दुईजना व्यक्तिको सहीछाप गराउनु पर्नेछ ः-
(क) प्रयोग नभएका मतपत्र,
(ख) रद्द गरिएका मतपत्र,
(ग) मतपेटिका बाहिर रहेका मतपत्र,
(घ) मत नदिने निश्चय गरी मतदाताले मतदान अधिकृतलाई फिर्ता दिएका मतपत्र,
(ङ) निविदा मतपत्र,
(च) प्रयोग भएका मतपत्रका अधकट्टी,
(छ) आयोग वा निर्वाचन अधिकृतको निर्देशन अनुसार सिलबन्दी गरी राख्नु पर्ने अन्य कुनै कागजात ।